logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

नेपालबाट हङकङ उडेको क्याथेको विमानमा खाना खाएका ३६ यात्रु बिरामी

नेपालबाट हङकङ उडेको क्याथेको विमानमा खाना खाएका ३६ यात्रु बिरामी


  • शनिबार, पुष २७ २०८१

  • काठमाडौं । नेपाल उडानका क्रममा हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानका यात्रु बिरामी भएपछि अनुसन्धान सुरू गरिएको छ ।

    धेरैमा फुड पोइजनको समस्या देखिएपछि हङकङस्थित स्वास्थ्य अधिकारीहरूले उक्त विमानमा उपल्बध गराइएको खानाको अनुसन्धान थालेका हुन् ।

    सेन्टर फर हेल्थ प्रोटेक्सनले शुक्रबार काठमाडौंबाट हङकङ पुगेका ३६ जना यात्रुमा फुड पोइजनिङको समस्या देखिएको बताएको छ । त्यसको विष्तृत अनुसन्धान थालिएको स्वास्थ्य अधकारीहरुले जनाएका छन् ।

    एयरलाइन्सले पनि शुक्रबार साँझ माफी माग्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ । ‘यदि एयरलाइनको उडानको खानामा अखाद्य पदार्थ पत्ता लाग्यो भने हामी सत्य र पारदर्शी रूपमा रिपोर्ट गर्नेछौं र सबै आवश्यक सुधारात्मक कार्यहरू गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ।

    कोरोनापछि उडान रोकेको क्याथेले ०७९ असोजमा नेपालमा पुनः उडान थालेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय