logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बाजुरामा जिपको ठक्करबाट महिलाको मृत्यु

बाजुरामा जिपको ठक्करबाट महिलाको मृत्यु


  • शुक्रबार, पुष २६ २०८१

  • बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका हुन् ।

    बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । महिलालाई ठक्कर दिने जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय