logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ

गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ


  • बुधबार, पुष २४ २०८१

  • काठमाडौँ । गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    बुधबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । अधिवक्ता यज्ञप्रसाद अधिकारीले उनीहरूविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।

    २०८० पुस २ गते दर्ता भएको रिट निवेदनमा अहिलेसम्म सुनुवाइ भएको थिएन । गत भदौ ५ गते न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ भएको थियो ।

    पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका बारेमा असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा सदस्य रमेश लेखकसहित सांसदहरू श्यामकुमार घिमिरे, सुर्यबहादुर थापा क्षेत्री, अमरबहादुर थापा र महेशकुमार बर्तौलाले संसदमा दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय