logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द

भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द


  • मंगलबार, पुष २३ २०८१

  • ल्हासा । मंगलबार बिहानको शक्तिशाली भूकम्पपछि तिब्बतमा सगरमाथा अवलोकन स्थल बन्द गरिएको छ । उक्त भूकम्पमा परेर अहिलेसम्म ५३ जनाको मृत्यु भएको र अरू ६२ जना घाइते भएको बताइएको छ ।

    मंगलबार बिहानदेखि दृश्यावलोकन स्थल खुल्न लागेको थियो । तर ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएपछि उक्त स्थललाई पूरै बन्द गरिएको टिङ्ग्री सांस्कृतिक तथा पर्यटन विभागका कर्मचारीले स्थानीय सञ्चार माध्यमलाई बताएका छन् ।
    भूकम्प जाँदा अवलोकन स्थलमा तीन जना आगन्तुक थिए । उनीहरूलाई तत्कालै त्यहाँबाट निकालिएको र सबै जना सुरक्षित रहेको बताइएको छ ।

    टिङ्ग्रीमा सगरमाथाको आधार शिविर छ । सन् २०२४ मा चीन तर्फबाट १३ हजार ७६४ विदेशी पर्यटकले सगरमाथा चढेका छन्। यो सन् २०२३ को भन्दा दोब्बर धेरै हो । चिनियाँ भाषामा सगरमाथालाई चोमोलाङ्मा भनिन्छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय