logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु

मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु


  • सोमबार, पुष २२ २०८१

  • मेक्सिको सिटी । दक्षिणपूर्वी मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु भएको छ ।

    ताबास्को राज्यको भिल्लाहेर्मोसा सहरको एक बारमा शनिबार राति गोलाबारी हुँदा सात जनाको मृत्यु भएको हो । यस घटनामा सुरुमा मृत्यु हुने पाँच जना मात्रै थिए । पछि अरू दुई जनाको पनि मृत्यु भएको प्रहरीले बताए ।

    यस घटनामा अन्य पाँच जना घाइते भएको बताइएको छ । बारमा गोली चलाउने अपराधीहरूको खोजी भइरहेको अधिकारीहरूले बताएका छन् ।

    नोभेम्बर २०२४ मा पनि भिल्लाहेरमोसाको बारमा गोली हानाहान भएको थियो । सो घटनामा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय