logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

‘बलिदान’ छायाङ्कनका लागि कालिमाताको भव्य मूर्ति निर्माण

‘बलिदान’ छायाङ्कनका लागि कालिमाताको भव्य मूर्ति निर्माण


  • आइतबार, पुष २१ २०८१

  • काठमाडौँ । फिल्मका लागि खुलेरै लगानी गर्ने निर्माता हुन् सन्तोष सेन । उनी फिल्मका लागि कहिले भव्य सेट बनाउँछन् त कहिले विदेशका महँगो लोकेसन देखाउँछन् । सेनले अहिले मोरङमा कालिमाताको भव्य मूर्ति तयार गरेका हुन् ।

    फिल्म ‘बलिदान’ को छायाङ्कनका लागि उनले उक्त मूर्ति बनाएका हुन् । उनले बनाएको मूर्ति दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई दर्साउने ४२ फिट अग्लो छ ।

    मूर्ति मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा तयार गरिएको हो । फिल्मको छायाङ्कन भइसकेपछि उक्त मूर्ति त्यतिकै राखिएको छ । उक्त मूर्ति राखिएको स्थान ‘काली चौर’ का रूपमा परिचित बन्दै सर्वसाधारणको भिड समेत लाग्न थालेको सेनको भनाई छ ।

    फिल्मको कथाअनुसार मूर्ति तयार गरेको सेनले बताए । ‘देशभर खोजी गर्दा पनि फिल्मका लागि उपयुक्त मूर्ति नभेटेपछि भारतको कलकत्ताबाट कालिगड बोलाएर मूर्ति तयार गरेको हो’, सेनले भने ।

    निर्देशक सेनका अनुसार, ‘बलिदान’को छायाङ्कन पूरा भइसकेको छ । फिल्मको रिलिज मिति औपचारिक रूपमा घोषणा हुन बाँकी छ । ‘बलिदान’ को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय