logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

निमोनियाका कारणले सचिन परियारको निधनः अस्पताल

निमोनियाका कारणले सचिन परियारको निधनः अस्पताल


  • बिहिबार, पुष १८ २०८१

  • काठमाडौँ । बालगायक सचिन परियारको बिहीबार बिहान निधन भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले उनको निधान भएको हो ।

    अस्पताल स्रोतका अनुसार उनी करिब ४ देखि ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत थिए । ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।

    भाइरल बाल गायकका रूपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।

    हास्य शृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत गीत चर्चित छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय