logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ईपीएस मार्फत तोकियो कोरियाको हवाई भाडा, भ्याटबाहेक प्रतिटिकट साढे ४८ हजार

ईपीएस मार्फत तोकियो कोरियाको हवाई भाडा, भ्याटबाहेक प्रतिटिकट साढे ४८ हजार


  • बुधबार, पुष १७ २०८१

  • काठमाडौं । ईपीएस मार्फत नेपालबाट दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा तोकिएको छ ।

    वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले १३ कात्तिकमा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले स्वीकृतिका लागि छनोट गरिएको शाखाले जनाएको छ ।

    बोलपत्र विजेता युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर ९भ्याट० बाहेक प्रतिकामदार प्रतिटिकट ४८ हजार ६ सय ६५ रुपैयाँ रुपैयाँमा काठमाडौंदेखि सियोलसम्म उडान गर्ने छ । भ्याट जोड्दा प्रतिटिकट ५४ हजार ९ सय ९१ रुपैयाँ पर्ने शाखाले जनाएको छ ।

    यसअघि यस्तो भाडा दर प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो । भाडा अत्यधिक महँगो भएपछि यसको व्यापक विरोध भएको थियो ।

    त्यसपछि सरकारले हवाई भाडा दर सस्तो गराउन बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्रमा सहभागी युनिभर्सल टुर्सले सबैभन्दा सस्तो दर प्रस्ताव गरेपछि छनोट भएको हो ।

    शाखाका अनुसार ईपीएस मार्फत काम गर्न नेपालबाट कोरिया जानेका लागि ३ माघ २०८१ देखि एक वर्षका लागि युनिभर्सल टुर्सले उक्त दरमा एकतर्फी हवाई टिकट उपलब्ध गराउने छ ।

    यसअघि यस्तो भाडा दर प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय