logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

मुलुकको विकास भन्नु आर्थिक र भौतिक मात्रै होइनः राष्ट्रपति पौडेल

मुलुकको विकास भन्नु आर्थिक र भौतिक मात्रै होइनः राष्ट्रपति पौडेल


  • मंगलबार, पुष १६ २०८१

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास भनेको आर्थिक र भौतिकमात्रै नहुने बताउँदै श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौं श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले श्रमजीवि वर्गले नै यसलाई अघि बढाउने बताए ।

    ‘मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्रै होइन, यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको छ,’ उनले भने, ‘प्राकृतिक श्रोत, साधन र पुँजीको परिचालन गर्ने भनेकै श्रमजीवि वर्ग हुन् । श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक छ ।’

    श्रमप्रतिको सम्मान गरी श्रम र श्रमीक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिइ मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय