logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


  • शुक्रबार, पुष १२ २०८१

  • काठमाडौँ । डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुर बस्दै आएका ३५ वर्षीय साजन मगर भन्ने होम बहादुर मगर रहेका छन् ।

    मगरले दुई जना युवतीलाई डिपेन्डेन्ट भिसामा कोरियालगायतका देशमा लैजान्छु भनी ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए । उनले सामाजिक सञ्जालका माध्यमबाट साथी बनी कोरियालगायतका देशमा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै विश्वास तथा प्रलोभनमा पारी रकम जम्मा गर्न लगाएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    मगरलाई काठमाडौँ महानगरपालिका–३ बाँसबारीबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ । मगरसँग २१ लाख बिगो रकम माग गरिएको प्रहरीको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय