logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वडाध्यक्ष महतोको निधन, बसबरिया गाउँपालिकामा शोक बिदा

वडाध्यक्ष महतोको निधन, बसबरिया गाउँपालिकामा शोक बिदा


  • बिहिबार, पुष ११ २०८१

  • सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ ।

    क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो ।

    बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय