logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

कजाकिस्तानमा अजरबैजान एयरलाइन्सको विमान दुर्घटना

कजाकिस्तानमा अजरबैजान एयरलाइन्सको विमान दुर्घटना


  • बुधबार, पुष १० २०८१

  • अकताउ । कजाकिस्तानको अकताउ सहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । यस दूघर्टनामा केही हताहत भएको हुन सक्ने प्रारम्भिक रिपोर्टमा बताइएको छ ।

    स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए । दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको काजाकिस्तानको आपतकालीन मन्त्रालयले जनाएको छ । विमान अजरबैजान एयरलाइन्सको भएको रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले समाचारमा भनेको छ ।

    विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो । अजरबैजान एयरलाइन्सको तर्फबाट यस विषयमा अहिलेसम्म कुनै बयान आएको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय