logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

उत्तर कोरियाको सेनाले युद्धमा उल्लेख्य प्रभाव पारेको छैनः युक्रेन

उत्तर कोरियाको सेनाले युद्धमा उल्लेख्य प्रभाव पारेको छैनः युक्रेन


  • बुधबार, पुष १० २०८१

  • किएभ । युक्रेनी सैन्य गुप्तचर अधिकारीले रूसी क्षेत्र कुर्स्कमा रूसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धको क्रममा अहिलेसम्म ठूलो असर नपरेको बताएका छन् । उनल मङ्गलबार एएफपीसँग सो कुरा बताएका हुन् ।

    किएभका अनुसार करिब ५०० अधिकारी र तीन जना जनरलसहित १२ हजार उत्तर कोरियाली सैनिक सीमा क्षेत्रमा कार्यरत छन् । रूस र उत्तर कोरिया दुवैले फ्रन्टलाइनमा आफ्नो संलग्नताको पुष्टि गरेका छैनन् । “युद्धमा उत्तर कोरियालीहरूको संलग्नताले स्थितिमा खासै प्रभाव पारेको छैन”, युक्रेनी सैन्य गुप्तचर सेवा ९जीयूआर० का प्रवक्ता येवगेन येरिनले एएफपीसँग भने, ‘यो त्यति सैनिकहरूको ठूलो सङ्ख्या होइन ।’

    उत्तर कोरियाली सेनालाई आधुनिक युद्ध, विशेषगरी ड्रोनको बारेमा थोरै मात्र अनुभव भएको उनले बताए । उत्तर कोरियाली सेना परम्परागत हतियारको प्रयोग र शैलीको युद्धमा भने पोख्त बरहेको पाइएको छ । उनले अगाडि भने, “उनीहरूले पनि सिकिरहेका छन् र हामी शत्रुलाई कम आँक्न सक्दैनौं। हामी देख्न सक्छौँ, उनीहरूले पहिले नै आफ्ना गतिविधिहरूमा केही चीजहरू ध्यानमा राखिरहेका छन् ।”

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता उत्तर कोरियाका करिब तीन हजार सैनिक मारिएको र घाइते भएको बताए । दक्षिण कोरियाले सोमबार एक हजार १०० जना मारिएको वा घाइते भएको जानकारी दिएको थियो । दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले रूसमा सैन्य सुदृढीकरणको लागि नयाँ समूहहरू पठाउने वा पहिले नै लडिरहेकाहरूलाई राहत दिन र ड्रोनहरू पठाउने तयारी गरिरहेको देखिन्छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय