logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

मनोमानी करले उधोग, व्यापार धवस्त हुँदैछन्ः प्रभु साह

मनोमानी करले उधोग, व्यापार धवस्त हुँदैछन्ः प्रभु साह


  • मंगलबार, पुष ९ २०८१

  • काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारको मनोमानी कर प्रणालीले मुलुकको उधोग, व्यापार ध्वस्त हुदै गइरहेको टिप्पणी गरेका छन् । तीन तहको सरकारको मनोमानी कर एवं लुटतन्त्रले उधोगी, व्यापारी, सर्वसधारण लगायत समस्यामा पर्दै गइरहेको उनले बताए ।

    काठमाडौंको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा विद्यार्थीहरूसँगको भेटमा अध्यक्ष साहले यस्तो बताएका हुन् । मनोमानी करको विरुद्धमा संघर्षको विकल्प नभएको उनले बताए ।

    ‘सरकार अहिले विदेशीसंग ऋण लिएर त्यसमा लुटने काम गरिरहेको छ’, उनी थप्छन्, ‘नेपाली जनतालाई ऋणको भारी बोकाएर राज्यको ढुकुटी लुटिरहेको सरकारले मनोमानी कर पनि लगाएको छ ।’हरेक क्षेत्रमा मनोमानी करले सबै क्षेत्र तहसनहस भएको उनले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय