logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का

भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का


  • बिहिबार, पुष ४ २०८१

  • पेरिस । फ्रान्सको उच्च अदालतले पूर्वराष्ट्रपति निकोलस सार्कोजीविरुद्ध भ्रष्टाचारको आरोपमा सुनाइएको सजायलाई यथावत् राखेको छ । बुधबारको सुनुवाइमा सार्कोजीले एक वर्षसम्म विद्युतीय मनिटरिङ ब्रास्लेट लगाउनै पर्ने भनेको छ ।

    सार्कोजी सन् २००७ देखि सन् २०१२ को बीचमा सत्तामा रहेका थिए । यो फैसला स्वीकार गर्न आफू तयार नभएको ६९ वर्षका सार्कोजीले भनेका छन् ।

    फैसलालाई चुनौती दिँदै आफू यूरोपको मानवअधिकार अदालतमा जाने उनले बताएका छन् । सन् २०२१ मा भ्रष्टाचार मुद्दामा उनलाई सुुरुमा ३ वर्षको जेल सजाय सुनाइएको थियो ।

    तर पछि दुई वर्षको सजाय निलम्बन गरेर तेस्रो वर्षको जेल सजायलाई जेलको सट्टा निगारानी राख्ने विद्युतीय उपकरण पहिरिनु पर्नेमा परिणत गरिएको थियो ।

    कार्यकाल सकिएलगत्तै आफूमाथि लगाइएको अर्को मुद्दाबारे जानकारी दिएदेखि प्रतिष्ठित जागिर लगाइदिन्छु भन्दै सन् २०१४ मा न्यायाधीसलाई घुस दिने कोसिस गरेको अभियोग पनि उनीमाथि लागेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय