logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चार महिनामा रेड नोटिस जारी भएका ९ जना पक्राउ

चार महिनामा रेड नोटिस जारी भएका ९ जना पक्राउ


  • बुधबार, पुष ३ २०८१

  • काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठनको सहयोगमा प्रहरीले पछिल्लो ४ महिनामा ९ जनालाई पक्राउ गरेको छ । २०८१ साउनदेखि कार्तिकसम्म इन्टरपोलसँग समन्वय गरेर विदेशमा लुकेर बसेका ९ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता विश्व अधिकारीले बताए ।

    २०८१ साउनपछि एनसीबी काठमाडौँको आग्रहमा इन्टरपोल मुख्यालयले नेपालमा अपराध गरेर भागेका १२ जनाविरुद्ध रेड नोटिस जारी गरेको थियो । तीमध्ये ९ जना पक्राउ परेका हुन् । अन्य ३ जनाको खोजीकार्य जारी रहेको एसएसपी अधिकारीले जानकारी दिए ।

    गत आर्थिक वर्षको साउनदेखि कार्तिक सम्मको अवधिमा रेड नोटिस जारी भएका जम्मा १ जनामात्र पक्राउ परेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय