logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विराटनगरलाई हराएपछि काठमान्डुको प्लेअफ सम्भावना कायमै

विराटनगरलाई हराएपछि काठमान्डुको प्लेअफ सम्भावना कायमै


  • आइतबार, मंसिर ३० २०८१

  • काठमाडौं । विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ ।

    लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ ।

    अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ । काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।

    सोमबार सुदूरपश्चिम र कर्णाली याक्सबीच हुने खेलपछि मात्र काठमान्डु प्लेअफ पुग्ने नपुग्ने टुङ्गो लाग्नेछ । सुदूरपश्चिमले कर्णालीलाई ५३ रन भन्दा बढीले पराजित गरेमा मात्र काठमाडौं नेटरनरेटमा माथि आउद्देछ ।

    विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमान्डुले १८।१ ओभर खेल्दै ९ विकेट गुमाएर पूरा गरेको हो । काठमान्डुले आक्रमक सुरुवात गरेपनि बीचमा विकेट लगातार गुमाउँदा धर्मराएको थियो । दिपेश कँडेलले १९औं ओभरको पहिलो बलम सुवास भण्डारीलाई चौका प्रहार गर्दै काठमान्डुको जित पक्का गरेका थिए ।

    काठमान्डुका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । शंकर राना १६ रनमा अविनित रहे । रासिद खानले १४, जेरार्ड एरासमसले १२ र माइकल लेभिटले १० रन जोडे ।

    बलिङमा विराटनगरका लागि सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । अनिल खरेल, बसिर अहमद र क्रिस सोलले २(२ विकेट लिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय