logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लुम्बिनीमा रहेका कर्णालीका सुरक्षा निकायका कार्यालय चाँडै कर्णालीमा सार्ने गृहमन्त्रीको प्रतिबद्धता

लुम्बिनीमा रहेका कर्णालीका सुरक्षा निकायका कार्यालय चाँडै कर्णालीमा सार्ने गृहमन्त्रीको प्रतिबद्धता


  • मंगलबार, मंसिर २५ २०८१

  • सुर्खेत । गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशको बाँकेमा रहेका प्रहरी लगायत सुरक्षा निकायका कार्यालयहरू चाँडै कर्णालीमा सार्ने प्रतिबद्धता जनाएका छन् ।

    प्रदेश सरकार स्थापना भएको ७ वर्ष बितिसक्दा पनि साबिक मध्यपश्चिमका प्रहरी संरचनाहरू अझै अझै बाँकेमा छन् । मङ्गलवार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै लेखकले ती कार्यालयहरू चाँडै कर्णालीमा स्थापना गर्ने बताए ।

    जग्गाको विषयमा प्रदेश र स्थानीय सरकारले समन्वय गर्नुपर्ने उनको भनाइ छ । गृह मन्त्रालयबाट गरिनुपर्ने कामहरू आफूले सहज रूपमा गर्ने पनि लेखकले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय