logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

विश्व विद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनु पर्छ: महर

विश्व विद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनु पर्छ: महर


  • मंगलबार, मंसिर २५ २०८१

  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभागका प्रमुख नैनसिंह महरले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्त गर्दा खुला प्रतिस्पर्धा लागू हुनुपर्ने कांग्रेसको धारणा रहेको बताएका छन् ।

    प्राज्ञ समूहद्वारा आज काठमाडौंमा आयोजित ‘प्राज्ञिक विमर्श’ कार्यक्रममा नेता महरले सबै विश्वविद्यालय र प्रतिष्ठानमा मेरिटोक्रेसी लागू हुनुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘व्यक्तिगत रुपमा पनि मैले डेढ दशकदेखि मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुनुपर्ने आवाज उठाउँदै आएको छु । विश्वविद्यालयकोश्वायत्तता र गरिमा बढाउने पक्षमा दृढतापूर्वक नेपाली कांग्रेस उभिँदै आएको छ’ शिक्षाको उन्नयनका लागि कांग्रेसले देशब्यापी रुपमा -शिक्षा नीति बहस अभियान’ संचालन गरेको महरको भनाई थियो ।

    त्रिभुवन विश्वविद्यालय मात्र नभइ नेपालका सबै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा हुँदा उच्च शिक्षालाई विश्व प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सकिने नेता महरको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय