logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रास्वपा नेताहरूको अदालतको अवहेलना मुद्दा पेसीमा

रास्वपा नेताहरूको अदालतको अवहेलना मुद्दा पेसीमा


  • आइतबार, मंसिर २३ २०८१

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरूविरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमा सर्वोच्चले पेसी तोकेको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको छ।

    अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदनमाथि मङ्सिर १९ गते सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले फाइल र अन्य विवरण मगाउने आदेश गरेको थियो । सर्वोच्चले रास्वपा नेताहरूले अदालतको अवहेलना हुने गरी गरेको भाषणको कपि उतार गरेर पेस गर्न इजलासले निवेदकको नाममा आदेश गरेको थियो । उक्त आदेशपछि आइतबार पेसी तोकिएको हो ।

    यो आदेशसँगै अब अवहेलना मुद्दा अघि बढेको थियो । उक्त मुद्दा सुरुमा सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । पछि इजलासमा निवेदन पुगेपछि दर्ता गर्ने आदेश भएको थियो ।

    न्यायाधीश विनोद शर्माको इजलासले गत कात्तिक २७ गते रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको भन्दै सोसम्बन्धी निवेदन दर्ता गर्न आदेश गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय