logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु


  • बुधबार, मंसिर १९ २०८१

  • काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । काठमाडौँ, बर्दिया लगायतका जिल्लामा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

    काठमाडौँ महानगरपालिका–१४ खसिबजारस्थित सडकमा बा।प्र।०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दक्षिणकाली नगरपालिका–१ खहरे बस्ने ५० वर्षीय प्रमेशकुमार खड्गीको गएराति मृत्यु भएको छ ।

    ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    त्यस्तै बर्दियाको मधुवन नगरपालिका–३ कोठियाघाट पुलस्थित सडकमा लु प्र ०१००३ प १६९२ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक ठाकुरबाबा नगरपालिका–५ भुरिगाउँ घर भएका २५ वर्षीय सुरेन्द्र थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते
    भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

    उता, पर्साको पकहामैनपुर गाउँपालिका–४ हात्तिचोकस्थित सडकमा बीआर ५५ एम ५१६८ नम्बरको मोटरसाइकल र प्र २–०३–०२३ प ४८१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा बीआर ५५ एम ५१६८ नम्बरको मोटरसाइकल
    चालक सोही गाउँपालिका–४ लहावरथकरी बस्ने २५ वर्षीय धर्मेन्द्र साहको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको स्पर्श अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार प्र २–०३–०२३ प ४८१ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय