काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुने बताएका छन् ।
चार दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । त्यसक्रममा उनले प्रविधिको विकास, मानिसको रोजगारी र लोकतन्त्रको विषयमा आफ्ना धारणा राखेका हुन् ।
‘प्रविधि र लोकतन्त्रको सन्दर्भमा पनि हामीले सतर्क रहनुपर्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘प्रविधिले यदि मानिसहरूलाई बेरोजगार बनायो भने त्यो विनाशकारी हुनेछ । लोकतन्त्र प्रविधिको प्रतिध्वनि मात्रै हुन सक्दैन ।’
चीन प्रविधिको विकासमा संसारमै अगाडि छ । कम्प्युटर चिप्सहरू र अन्य उच्च-प्रविधिका अवयवहरूको विकासमा चीन निरन्तर अगाडि बढिरहेको छ ।