logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या ६ हजार नाघ्यो

टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या ६ हजार नाघ्यो


  • सोमबार, मंसिर १७ २०८१

  • काठमाडौँ । स–शुल्क टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या ६ हजार नाघेको छ । एक साताको अवधिमा ६ हजार ९२८ जनाले स–शुल्क टिकट लिएर धरहरा चढेको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले जानकारी दिए ।

    हाल दैनिक औसत १२०० जनाको सङ्ख्यामा स–शुल्क टिकट लिएर धरहरा चढ्ने गरेको राईको भनाई छ ।

    सरकारले मङ्सिर १० गतेदेखि स–शुल्क धरहरा सञ्चालनमा ल्याएको छ । दैनिक एक हजार २५० को सङ्ख्यामा चढ्न पाउने व्यवस्था गरेको छ ।

    हाललाई अनलाइन टिकट काट्ने व्यवस्था बन्द रहेकाले भौतिक रूपमा उपस्थित भई टिकट लिएर धरहरा चढ्ने व्यवस्था छ । केही दिनमा अनलाइन टिकटको व्यवस्था सञ्चालनमा ल्याउने राईले बताए ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय