logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गोकुलगंगा गाउँपालिका ४ का वडाअध्यक्षको दुर्घटनामा मृत्यु

गोकुलगंगा गाउँपालिका ४ का वडाअध्यक्षको दुर्घटनामा मृत्यु


  • शुक्रबार, मंसिर १४ २०८१

  • काठमाडौँ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको मृत्यु भएको छ । शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको हो ।

    उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उक्त दुर्घटनामा अन्य ४ जनाको पनि मृत्यु भएको छ । १४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको भन्दै रामेछापका डीएसपी प्रदीप सिंहले ५ जनाको घटनास्थलमै र अन्य तीन जना घाइते भएका छन ।

    उनले गाडी सडकबाट करिब ३०० मिटर तल खसेको समेत बताए । गाडी काठमाडौँबाट बेताली जाँदै थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय