logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जाजरकोटमा एमाले उम्मेदवार बोहोरा सवार गाडी तोडफोड

जाजरकोटमा एमाले उम्मेदवार बोहोरा सवार गाडी तोडफोड


  • शुक्रबार, मंसिर १४ २०८१

  • जाजरकोट । जाजरकोटमा एमाले उम्मेदवार सुनिता बोहोरा सवार गाडी तोडफोड भएको छ । बिहीबार साँझ बोहोरा सवार गाडी तोडफोड भएको हो ।
    नलगाढ–१ चिउरीमा घरदैलो कार्यक्रमको सिलसिलामा ७ः १५ बजे उनी सवार गाडीमा ढुंगा प्रहार भएको हो। एमाले केन्द्रिय सदस्य तथा भेरी नगरपालिकामा मेयर सीपी घर्तीले बोहोरा सवार गाडी तोडफोड भएको जानकारी दिए ।

    गाडीमा एमालेको तर्फबाट नलगाड नगरपालिका उपमेयरकी उम्मेदवार बोहरा र घर्ती लगायत एमाले नेताहरु सवार थिए । नलगाड नगरपालिका दल्लीबाट नलगाड–१, चिउरीतर्फ जाँदै गरेको लु२च ६२२४ नम्बरको गाडीमा कुनै एक समहुले ढुंगा प्रहार गरेको र जीपमा सामान्य क्षति पुगेको घर्तीले बताए । आक्रमणकारी समूह भने भागेको उनले बताए।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक हरि डाँगीले पनि उम्मेदवार बोहरा चुनाव प्रचार प्रसारमा निस्किएका बेला गाडीमा ढुंगा प्रहार भएको बताए । अहिले घटनाबारे बुझ्न प्रहरी टोली खटिएको उनले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय