logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

हनि ट्रयापमा संलग्न तीन जना पक्राउ

हनि ट्रयापमा संलग्न तीन जना पक्राउ


  • बिहिबार, मंसिर १३ २०८१

  • काठमाडौँ । हनि ट्रयापमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका–१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीय समृद्धि मगर, काभ्रे भुम्लु गाउँपालिका–४ कोशीपारी ठेगाना भएका काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीय दीपेन्द्र दर्जी र भक्तपुर मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीय वर्षा दर्जी रहेका छन् ।

    आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई वर्षाले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी मङ्सिर ६ गते कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनी डर त्रास देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुली गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न समृद्धि र दीपेन्द्र दर्जीलाई मंगलबार तथा वर्षालाई बुधबार भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ बाट पक्राउ गरेको हो ।

    प्रहरीले उनीहरूको साथबाट एनआईसी एसिया बैंकको वर्षा दर्जीको नाममा काटी दिएको ७५ हजार रुपैयाँको चेक १ थान, नगद २० हजार ५ सय र मोबाइल ४ थान बरामद गरेको छ ।

    उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय