logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विराटनगरले एनपीएल उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्रीको घोषणा

विराटनगरले एनपीएल उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्रीको घोषणा


  • बुधबार, मंसिर १२ २०८१

  • विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

    एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।

    नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगक लागि कोशी प्रदेशबाट विराटनगर किंग्सले सहभागिता जनाउँदै छ ।

    मुख्यमन्त्री कार्कीले टोलीलाई विदाइ गर्दै जितको शुभकामना दिए । मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय