logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

तोलामा २ हजार ६ सय घट्यो सुन

तोलामा २ हजार ६ सय घट्यो सुन


  • मंगलबार, मंसिर ११ २०८१

  • काठमाडौं । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

    त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैयाँ कायम भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय