logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

रसुवाबाट २ किलो सुनसहित युवक पक्राउ

रसुवाबाट २ किलो सुनसहित युवक पक्राउ


  • शुक्रबार, मंसिर ७ २०८१

  • काठमाडौँ । रसुवाको कालिकाबाट प्रहरीले सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका–३ घर भएका ३४ वर्षीय कर्मा सोनाम लामा छन् ।

    उनको साथबाट २ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको रसुवाका डीएसपी केशव भट्टराईले बताए । बागमती प्रदेश–०२–०४३ प २४३४ नम्बरको मोटरसाइकलमा सवार उनी कालिकास्थानतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

    कालिका गाउँपालिका–१ स्थित अस्थायी प्रहरी पोस्ट ग्राङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय