logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सहकारी बचतकर्ताको बचत फिर्ता हुने अवस्था बनाउनुपर्छ: श्रेष्ठ

सहकारी बचतकर्ताको बचत फिर्ता हुने अवस्था बनाउनुपर्छ: श्रेष्ठ


  • बिहिबार, मंसिर ६ २०८१

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका छन् ।

    बिहीबार सहकारी पीडितहरूले काठमाडौँको माइतीघरमा गरेको प्रदर्शनमा पुगेका श्रेष्ठले सहकारी रकम हिनामिना गर्नेलाई कारबाही गर्दै बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका हुन् ।

    उनले नेपालमा सहकारीको नाममा जनता लुट्ने काम रोक्न र बचतकर्ताको समस्या समाधान गर्न पनि सरकारसँग माग गरे ।

    बचत रकम फिर्ताको माग गर्दै बुधबार माइतीघरमा प्रदर्शन गर्ने पीडितमाथि दमन भएको भन्दै उनले आपत्ति जनाए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय