logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुनको मूल्यमा आज फेरि उच्च वृद्धि

सुनको मूल्यमा आज फेरि उच्च वृद्धि


  • मंगलबार, मंसिर ४ २०८१

  • सुनको मूल्य आज (मंगलबार) तोलामै दुई हजार रुपैयाँ बढेको छ। आज चाँदी पनि महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ बढेर एक लाख ६२ हजार एकसय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य एक लाख ६० हजार एकसय रुपैयाँ थियो।

    गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

    त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेको थियो। सोमबार तोलामा एकसय रुपैयाँ मात्रै बढेको सुनको मूल्य आज तोलामै दुई हजार बढेको हो।

    आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ। हिजो एक हजार नौसय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार नौसय ५५ रुपैयाँ पुगेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय