logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी हुन्छः विश्वप्रकाश शर्मा

उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी हुन्छः विश्वप्रकाश शर्मा


  • आइतबार, मंसिर २ २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा प्रकट हुने दाबी गरेका छन् ।

    आइतबार कीर्तिपुर नगरपालिकाको प्रमुख पदका आफ्ना पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले देशभरको तथ्य हेर्दा उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा प्रकट हुने देखिएको बताएका हुन् ।

    मतदाताले दिएको मतलाई कांग्रेसले सदैव सम्मान गर्ने भन्दै उनले अधिकांश स्थानमा कांग्रसकै जीत हुने जिकिर गरे । उनले अहिलेको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

    उनले प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक काम गर्न सकारात्मक दबाब दिन पनि मतदाताले कांग्रेस उम्मेदवारलाई जिताउने उल्लेख गरे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय