logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

रुसले लगायो युरेनियम अमेरिका निर्यातमा प्रतिबन्ध

रुसले लगायो युरेनियम अमेरिका निर्यातमा प्रतिबन्ध


  • शनिबार, मंसिर १ २०८१

  • रुसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रुसी सरकारले जनाएको छ।

    स्रोतका अनुसार प्रतिबन्ध अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थासँग विदेशी व्यापार सम्झौताअन्तर्गत लागू हुने छन्।

    प्राविधिक र निर्यात नियन्त्रणका लागि संघीय सेवाले जारी गरेको इजाजतपत्र अन्तर्गत वितरण गर्न अनुमति दिइने छ।

    प्रतिबन्धले युरेनियमको लागि रुसमा निर्भर अमेरिकाको आणविक ऊर्जा आपूर्तिमा अभाव खडा गर्ने आकंलन गरिएको छ।

    अमेरिकी राष्ट्रपति जो बाईडेनले गत मे महिनामा हस्ताक्षर गरेको सन् २०४० सम्म रुसी युरेनियम आयातमा प्रतिबन्ध लगाउने अमेरिकी कानुन पछि यो कदम चालेको जनाइएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय