logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात सुरु

नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात सुरु


  • शुक्रबार, कार्तिक ३० २०८१

  • काठमार्डौ । नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू भएको छ।

    नेपाल, भारत र बंगलादेश गरी तीनै देशका ऊर्जामन्त्रीले संयुक्तरूपमा विद्युत् निर्यातको भर्चुअल उद्घाटन गरेका हुन्।

    परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमका बीच निर्यातको उद्घाटन भएको हो।

    नेपाल विद्युत् प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात गरेको छ।

    नेपालबाट निर्यात गरिएको बिजुली मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर–भेडामारा ४०० केभी प्रसारणलाइनबाट बंगलादेश पुग्नेछ।

    विद्युत् प्राधिकरणका अनुसार ५ वर्षको लागि निर्यात सम्झौता भएको छ।

    नेपालले बंगलादेशलाई ६.४ अमेरिकी सेन्टमा प्रतियुनिट बिक्री गर्ने हस्ताक्षर भएको छ। नेपालको विद्युत् बंगलादेश पुर्‍याउन भारतीय कम्पनी एनभीभीएनको व्यापारिक भूमिका रहेको छ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय