logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मस्कसँगै रामास्वामीलाई ट्रम्पले दिए महत्त्वपूर्ण जिम्मेवारी

मस्कसँगै रामास्वामीलाई ट्रम्पले दिए महत्त्वपूर्ण जिम्मेवारी


  • बुधबार, कार्तिक २८ २०८१

  • वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारको महत्त्वपूर्ण पदमा नियुक्ति सुरु गरेका छन् । ट्रम्पले एक्स, टेस्ला र स्पेसएक्सका मालिक इलोन मस्क र भारतीय मूलका विवेक रामास्वामीलाई सरकारी दक्षता विभाग (डज) को प्रमुख नियुक्त गरेका हुन्।

    यो घोषणा गर्दै ट्रम्पले मस्कलाई ‘ग्रेट एलोन मस्क’ भने भने रामास्वामीलाई ‘देशभक्त अमेरिकी’ भने। यो जिम्मेवारी पाएपछि विवेक रामास्वामीले लेखेका छन् हामी नरम व्यवहार गर्ने छैनौँ । रामास्वामीले आफूलाई दिइएको जिम्मेवारी आक्रामकताका साथ कार्यान्वयन गर्ने संकेत गरेका छन् र ट्रम्प पनि यही चाहन्छन् ।

    ट्रम्पले रामास्वामीलाई त्यही जिम्मेवारी दिएका छन् जसको उनले वकालत गर्दै आएका थिए । उदाहरणका लागि, रामास्वामीले धेरै सरकारी विभाग र एजेन्सीहरू बन्द गर्ने वकालत गर्दै आएका छन्।

    मस्कसँगै रामास्वामीले संघीय एजेन्सीहरूको पुनर्संरचनाका साथै कर्मचारीतन्त्र, अप्रासंगिक नियम-कानुन र सरकारमा हुने अनावश्यक खर्च रोक्ने काम गर्नेछन्।
    ट्रम्पले यसलाई ‘सेभ अमेरिका’ अभियानका लागि आवश्यक भएको बताएका छन् ।

    यससँगै ट्रम्पले थप केही महत्त्वपूर्ण नियुक्तिलाई पनि अनुमोदन गरेका छन् । फ्लोरिडाका सांसद माइकल वाल्ट्ज अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार र सिनेटर मार्को रुबियोलाई विदेशमन्त्री बनाइने भएको छ ।

    ५० वर्षीय वाल्ट्ज पूर्व सैन्य अधिकारी हुन् र लामो समयदेखि ट्रम्पका समर्थक थिए। उनी अमेरिकी कांग्रेसमा पुनः निर्वाचित भएका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्जको नियुक्तिलाई सिनेटको अनुमोदन आवश्यक पर्दैन।


    सम्बन्धित समाचार थप

    लोकप्रिय