logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एमाले सचिवालय बैठक २ घण्टा ढिला सुरु

एमाले सचिवालय बैठक २ घण्टा ढिला सुरु


  • शनिबार, कार्तिक २४ २०८१

  • काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा शनिबार बिहान ११ बजे बस्ने गरी बोलाइएको सचिवालयको ४० औँ बैठक २ घण्टा ढिलो गरी सुरु भएको हो ।

    बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र निर्माण र उपनिर्वाचनलगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

    बैठकमा कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमण र त्यसक्रममा भएका कमजोरीबारे समेत छलफल हुने एमाले नेताहरूले जनाएका छन् । अधिकारीले नक्कली कागजातका आधारमा आफूसँगै तीन जना मानिसलाई जापान लगेर मानव तस्करी गरेको आरोप छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय