logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्रपति चुनाव जितेर पनि ७४ दिनसम्म पदमा बस्न पाउने छैनन् ट्रम्प

राष्ट्रपति चुनाव जितेर पनि ७४ दिनसम्म पदमा बस्न पाउने छैनन् ट्रम्प


  • बिहिबार, कार्तिक २२ २०८१

  • वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् । बुधवारको मतगणनापछि उनी फेरि एकपटक ह्वाइट हाउसमा फर्किने भएका हुन् । तर यो पद सम्हाल्न अब उनले कम्तीमा ७४ दिन कुर्नुपर्नेछ ।

    अमेरिकी राष्ट्रपति चुनावको परम्परा अनुसार पुरानो राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई शक्ति हस्तान्तरण गर्छन् । यस प्रक्रिया अन्तर्गत नयाँ अमेरिकी राष्ट्रपतिले आफ्नो शपथ लिन्छन् र त्यसपछि उनको कार्यकाल सुरु हुन्छ ।

    ट्रम्पको शपथ ग्रहण समारोह जनवरी २० भन्दा पहिले हुनेछैन । त्यतिन्जेल वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसमै रहनेछन् । तथापि, राजनीतिक रूपमा भने बाइडेनसँग निकै सीमित शक्ति र अधिकार हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय