logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा


  • सोमबार, कार्तिक १९ २०८१

  • काठमाडौँ । बर्सातका कारण सडकमा लेदो थुप्रिएपछि बीपी राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा आएको छ ।

    सोमबार बिहान परेको अविरल वर्षाले बीपी राजमार्गको काभ्रे भन्ज्याङदेखि भकुन्डे बेसीको बिच सडक खण्डमा लेदो झरेर थुप्रिएकाले सडक एकतर्फी बनेको काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

    ‘आज बिहानैदेखि परेको पानीले काभ्रे भञ्ज्याङदेखि भकुन्डेसम्मको एक स्थानमा माथिबाट लेदो झरेर थुप्रिएको छ । अहिले सवारी एकतर्फी सञ्चालन भइरहेको छ,’ उनले भने, लेदो हटाउन स्काभेटर पठाइसकेका छौँ । साँझसम्म दुईतर्फी नै सञ्चालनमा आउँछ ।’

    सोमबार साँझसम्म दुईतर्फी सञ्चालनमा आउने उनको भनाइ छ । गत असोजको दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीका कारण यस सडक खण्ड तहसनहस बनेको थियो ।

    चाडपर्वको मुखैमा तहसनहस भएको यो सडक खण्ड तत्काल स्थायी रूपमा निर्माण गर्न नसकिने भएपछि अस्थायी रूपमा पुनः निर्माण गरी सञ्चालनमा आएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय