logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विमानबाट उत्रिने क्रममा लडे पाकिस्तानका राष्ट्रपति, खुट्टा भाँचियो

विमानबाट उत्रिने क्रममा लडे पाकिस्तानका राष्ट्रपति, खुट्टा भाँचियो


  • शुक्रबार, कार्तिक १६ २०८१

  • इस्लामावाद । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी विमानबाट ओर्लिने क्रममा लडेका छन् । पाकिस्तानी राष्ट्रपति कार्यालयका अनुसार उनको खुट्टा भाँचिएको छ ।

    बुधबार राति दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट ओर्लिने क्रममा लडेर उनको खुट्टाको हड्डी भाँचिएको पाकिस्तानी अधिकारीहरूको भनाइ छ ।

    जरदारीलाई तत्कालै अस्पताल लगिएको थियो । उनको खुट्टामा प्लास्टर लगाइएको र केही समय आराम गर्न चिकित्सकले सुझाव दिएको पाकिस्तानी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    उनी अस्पतालबाट डिस्चार्ज भइसकेको बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय