logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

नुवाकोटमा ट्रकको ठक्करबाट ३५ वर्षीय युवकको मृत्यु

नुवाकोटमा ट्रकको ठक्करबाट ३५ वर्षीय युवकको मृत्यु


  • शुक्रबार, कार्तिक १६ २०८१

  • नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो।

    दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको ग्रिनसिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको छ।

    दुर्घटनापछि मिनीट्रकका चालक फरार छन्। उनको खोजी भइरहेको कोइरालाले बताए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय