logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

साफ च्याम्पियनसिपका खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने

साफ च्याम्पियनसिपका खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने


  • बिहिबार, कार्तिक १५ २०८१

  • काठमाडौं । काठमाडौंमा भएको साफ महिला च्यापियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङका अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिने भएको हो । उनका अनुसार मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।

    बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय