logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

चार दिनपछि २७.४१ अंकले बढ्यो सेयर बजार

चार दिनपछि २७.४१ अंकले बढ्यो सेयर बजार


  • सोमबार, कार्तिक १२ २०८१

  • काठमाडौँ । चार कारोबार दिनपछि सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । तीन दिन लगातार घटेको बजार चौथौ दिनमा २७.४१ अंकले बढेको हो । आज परिसूचक २६४५.३६ बिन्दुमा उक्लिएको छ ।

    आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसले गर्दा कुल ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ ।

    आज जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै रिभर फल्स पावर र मेन्छिएम हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो ।

    सोमबार कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको ३३ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । आज कुल २१३ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको घट्दा २ कम्पनीको मूल्य स्थिर रह्यो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय