logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

सरकारले सय दिनमा लक्ष्यअनुसार काम गर्न सकेनः शेखर कोइराला

सरकारले सय दिनमा लक्ष्यअनुसार काम गर्न सकेनः शेखर कोइराला


  • शनिबार, कार्तिक १० २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको सय दिनमा लक्ष्य अनुसारको काम हुन नसकेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले मुलुकको विकास र सुशासनका लागि ठुला दल मिलेर सरकार बनाएपछि सरकारले लक्ष्य अनुसारको काम गर्न नसकेको बताए ।

    उनले अहिले पनि प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्ता मात्रै रहेको उल्लेख गरे । सरकार ढल्ने कुरा गरेर भुलभुलैयामा पार्ने षडयन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने जिकिर गरे । कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले हुँदाहुँदै पनि एमालेसँग सहकार्य गर्नु निकै कठिन काम भएको उनको भनाइ छ ।

    कोइरालाले अहिले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने काम उचित नभएको जिकिर गरे । सरकारका केहि क्रियाकलापले सरकार फरक ढङ्गले हिँड्न खोजेको हो कि भन्ने आभास भएको उनको भनाइ छ ।

    त्यस्तै कांग्रेसका नेता मोहन बहादुर बस्नेतले यसअघिको कमीकमजोरीलाई सुधार गर्दै आगामी निर्वाचनको तयारी गर्नुपर्ने उल्लेख गरे । चुनावी गठबन्धन भन्दा पनि रणनीतिक विषयमा पार्टीले ध्यान दिनुपर्ने उनले बताए ।

    उनले पार्टीभित्र अनुशासन कडाइका साथ लागू गर्नुपर्ने भन्दै पार्टीभित्र अनुशासन उलङ्घन गर्ने सवैमाथि कारबाही हुनुपर्ने उल्लेख गरे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय