logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ललितपुर र भक्तपुरमा सीडीओ फेरिए

ललितपुर र भक्तपुरमा सीडीओ फेरिए


  • शुक्रबार, कार्तिक ९ २०८१

  • काठमाडौँ । सरकारले ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ । गृह मन्त्रालय शुक्रबार ललितपुर र भक्तपुरलगायत अन्य जिल्लाका पनि सीडीओ फेरेको हो ।

    मन्त्रालयले ललितपुरको सीडीओमा रमेश ढकालको सरुवा गरेको छ । यस्तै भक्तपुरको सीडीओमा गोपाल अर्यालको सरुवा भएको छ । तुलसी प्रसाद श्रेष्ठ गृह मन्त्रालयमा तानिएका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका वासुवेद घिमिरेलाई रुपन्देहीको सीडीओमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । यस्तै गणेश अर्याल पर्सा, लाल बहादुर कवारी महोत्तरी, शशीधर घिमिरे बारा, तोयानारायण सुवेदी पाल्पा, शिवराम गेलाल दोलखाको सीडीओमा सरुवा भएको छ ।

    यस्तै टुकराज पोखरेलको धनकुटा, पुण्य विक्रम पौडेलको गोरखा, श्याम कृष्ण थापाको तनहुँ, जनार्दन गौतमको गुल्भी, भोला दाहालको सप्तरी, दीर्घराज उपाध्यायको बैतडी, मेख बहादुर मग्रातीको जाजरकोट, नेत्र प्रसाद शर्माको ताप्लेजुङ, विनादे खड्काको संखुवासभा र मोहनराज जोशीको डोटी सरुवा भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय