logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कञ्चनपुरमा आफ्नै घरको आँगनमा मृत भेटिए दम्पती

कञ्चनपुरमा आफ्नै घरको आँगनमा मृत भेटिए दम्पती


  • शुक्रबार, कार्तिक ९ २०८१

  • धनगढी । कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला शुक्रबार बिहान मृत भेटिएका प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले उनीहरू दुवै जना शुक्रबार बिहान आफ्नै घरको आँगनमा मृत फेला परेका जानकारी दिए ।

    शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले हत्याको आशंका गरिएको छ । अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि लालझाडीस्थित घटनास्थल पुगेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय