logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ललितपुरमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

ललितपुरमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु


  • बुधबार, कार्तिक ७ २०८१

  • काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ माझखोलामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भएका २८ वर्षीय चालक भरत लामिछाने छन् ।

    माझखोलास्थित सडकमा बा २ च ९६६८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा चालक भरत लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय