logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस प्रस्थान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस प्रस्थान


  • मंगलबार, कार्तिक ६ २०८१

  • नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसको काजान प्रस्थान गरेका छन् । यो जानकारी प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

    यो ब्रिक्सको १६ औँ शिखर सम्मेलन हो। उनले आफ्नो पोस्टमा भारतका लागि ब्रिक्सको महत्त्व उल्लेख गर्दै यस शिखर सम्मेलनमा धेरै ठुला विषयहरूमा छलफल गर्न लागेको बताए। उनले यो शिखर सम्मेलनमा धेरै नेताहरूसँग भेटघाट गर्ने समेत लेखेका छन् ।

    मोदीले यसअघि ८ र ९ जुलाईमा रुसको भ्रमण गरेका थिए । अर्थात् यो वर्ष प्रधानमन्त्री मोदीको यो दोस्रो रुस भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदी ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुस जानुअघि सोमबार भारतका विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

    उक्त पत्रकार सम्मेलनमा भारत र चीनबिच वास्तविक नियन्त्रण रेखा अर्थात् एलएसीमा सेनाको गस्ती गर्ने विषयमा सहमति भएको बताइएको थियो । ब्रिक्स विकासशील अर्थतन्त्र भएका देशहरूको समूह हो। ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सामेल छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय