logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

संसद सचिवालयले भारतसँग माग्यो ३८ वटा कार र ७५ वटा मोटरसाइकल

संसद सचिवालयले भारतसँग माग्यो ३८ वटा कार र ७५ वटा मोटरसाइकल


  • सोमबार, कार्तिक ५ २०८१

  • काठमाडौं । संघीय संसद सचिवालयले भारत सरकारसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ । संसद सचिवालयले अर्थ मन्त्रालयमार्फत भारतीय सहयोगका लागि पहल गरेको हो ।

    भारतीय सहयोगमा सवारीसाधन प्राप्त हुने गरी पहल भएको र अर्थ मन्त्रालयमार्फत सहयोगस्वरुप सवारीसाधन प्राप्तीका लागि गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ ।

    संसद सचिवालयका अधिकारीहरू भारत सरकारबाट सहयोग प्राप्त हुने विश्वास रहेकाले गृहकार्य अगाडि बढेको बताउँछन् ।

    संसद सचिवालयका प्रवक्ता एकराम गिरी संसद सचिवाललयका पदाधिकारी र कर्मचारीका लागि आवश्यक सावारी साधनका लागि समन्वय भएको बताउँछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय