logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः नेपाली सेना

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः नेपाली सेना


  • मंगलबार, असोज २९ २०८१

  • काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।

    सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए ।

    प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।

    ‘शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ’, सैनिक प्रवक्ता केसीले भने ।

    हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय