logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जुम्लामा १६ करोड बढीका खसीबोकाको कारोबार

जुम्लामा १६ करोड बढीका खसीबोकाको कारोबार


  • सोमबार, असोज २८ २०८१

  • जुम्ला। जुम्लामा यस वर्षको दशैंको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै रु १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको हो ।

    जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् ।

    यस्तै रु १५ करोड २३ लाख २३ हजारका भेडा, रु ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय